नेपाललाई नहेपन ईयूलाई प्रधानमन्त्रीको चेतावनी

११ चैत्र २०७४, आईतवार ०९:०७

चैत ११, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न चेतावनी दिएका छन् ।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् ।

संविधान नेपालको उपलब्धी भएको भन्दै उनले त्यसलाई अबमूल्यन नगर्न चेतावनी दिए ।

नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, यो नेपालललाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो । मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौं ।’

नेपालको विरोधपछि सच्याउँला भन्ने ठानेको तर, ईयू झन जिद्दिपूर्ण देखिएको उनले बताए । उनले भने, म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ ।’

निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै उनले त्यसको प्रतिशोध प्रतिवेदन नलिन आग्रह गरे ।