नयाँ वर्षको अवसरमा बुद्ध एयरको काठमाडौं-सुर्खेत उडान, भाडा कति ?

९ चैत्र २०७४, शुक्रबार ०८:१६

चैैत ९, काठमाडौं ।

बुद्ध एयरले फेरि काठमाडौं-सुर्खेत सिधा उडान सञ्चालन गर्ने भएको छ ।

काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई जोड्नका लागि नयाँ वर्ष (०७५ वैशाख १) बाट काठमाडौं-सुर्खेत-काठमाडौं उडान सुरु गर्न लागिएको बुद्ध एयरले जनाएको छ ।


उडान सञ्चालनका लागि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिने तयारी गरेको छ । १८ सिट क्षमताको बीच १९०० डी जहाजले दैनिक उडान भर्ने जनाइएको छ ।

काठमाडौं-सुर्खेतका लागि नागरिक उड्डयन प्राधिकरणले एकतर्फी भाडा ११,४१९ तोकेको छ । बुद्ध एयरले भने एकतर्फी ८ हजार ५०० र बाँकी आधा सिटको १० हजार ५०० तोकेको छ ।

कर्णाली प्रदेश सरकारको पहलमा काठमाडौंबाट सुर्खेतका लागि नेपाल एयरलाइन्सले पनि उडान गर्ने तयारी गरेको छ ।

बुद्ध एयरले २०६९ पुसदेखि २०७० असारसम्म काठमाडौं-सुर्खेत उडान सुरु गरेपनि पर्याप्त यात्रु नहुँदा आर्थिक भार परेको भन्दै उडान रोकिएको थियो ।