त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

२८ फाल्गुन २०७४, सोमबार ०९:०८

फागुन २८, काठमाडौं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।

अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ ।

विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

दुर्घटनापछि १४ जनाको उद्दार गरिएको छ । अस्पताल पुर्याइएको ८ जनाको पनि मृत्यु भएको छ ।

उक्त विमानमा ३१ जना भन्दा बढी नेपाली भएको जानकारी आएको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

अरुको उद्धार कार्य जारी छ ।