टोटनहृयाम र आर्सनलको जित : इङ्गलिस प्रिमियर लिग

२८ फाल्गुन २०७४, सोमबार ०७:३९

फागुन २८, काठमाडौं ।

इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम र आर्सनलले आ-आफ्नो खेल जितेका छन् । आइतबार राति भएका खेलमा टोटनहृयामले बर्नमाउथलाई ४-१ ले तथा आर्सनलले वाट्फोर्डलाई ३-० ले हराए ।

टोटनहृयामको जितमा सन हेङ मिनले दुई गोल गरे भने डेली अली र सर्ज अरियरले एक-एक गोल थपे । बर्नमाउथका जुनियर स्टानलासले सान्त्वना एक गोल फर्काए ।


घरेलु मैदानमा बर्नमाउथले सुरुवाती अग्रता लिएको थियो । खेलको सातौं मिनेटमै स्टानलासले गोल गरे पनि हार टार्न सकेन ।

जितसँगै टोटनहृयाम अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोटनहृयामले ३० खेलबाट ६१ अंक जोड्दा ३३ अंकसहित बर्नमाउथ १२ औं स्थानमा छ ।

यसैगरी घरेलु मैदानमा वाटफोर्डलाई हराउँदा आर्सनलका शोकड्रान, पियर एमरिक र हेनिरिकले एक-एक गोल गरे । यो जितसँगै ४८ अंकसहित आर्सनल लिगको छैटौं स्थानमा छ ।

पराजित वाट्फोर्ड ३६ अंकसहित दशौं स्थानमा छ । पहिलो स्थानमा म्यानचेस्टर सिटी, दोस्रोमा म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा टोटनहृयाम छन् ।