गोरखामा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु

२३ फाल्गुन २०७४, बुधबार ०८:०४

फागुन २३, काठमाडौं ।

गोरखामा बुधबार बिहान माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जिल्लाको गोरखा नगरपालिका–१० टक्सारमा भएको दुर्घटनामा अन्दाजी १६ वर्षीया शारदा गौलीको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।


बा ३ ख ४६५८ नम्बरको माइक्रो गोरखाबाट खैरेनी जाँदै थियो ।

माइक्रो ब्रेक फेल भएर अनियन्त्रित हुँदा घुम्तिमा रहेको चिलाउने रुखमा ठोकिएर सडकमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज दयाराम पौडेलले जानकारी दिए ।