अाफ्नै साथीले सिटी सेन्टर भवनको चौथो तलाबाट खसालेर सुरक्षागार्डको हत्या

२० फाल्गुन २०७४, आईतवार ०७:०४

फागुन २०, काठमाडौं ।

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर भवनको चौथो तलाबाट खसालेर सुरक्षागार्डको हत्या भएको खुलेको छ ।

यसअघि शुक्रबार बिहान भवनको चौथो तलाबाट खसेको अवस्थामा २६ वर्षीय रविन खवास भुजेलको शव फेला परेको थियो ।

सामान्य विवादका क्रममा मादक पदार्थ सेवन गरेका रुद्र बस्नेतले खवासको मुख र नाक थिचेर ४ तलमाथिबाट भुजेललाई खसालेर हत्या गरेको प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको छ ।

भुजल विग मुभिजमा विगत साढे दुई वर्षदेखि सुरक्षागार्डको रुपमा कार्यरत् थिए ।