अमेरिकामा हिमपातका कारण २६ सयभन्दा बढी उडान रद्द

२४ फाल्गुन २०७४, बिहीबार १०:०६

फागुन २४, काठमाडौं । एजेन्सी

अमेरिकाको पूर्वी तटमा एक हप्ताभित्र दोस्रोचोटि बुधवार हिमपातसहितको तूफान आउँदा २६ सयभन्दा बढी उडान रद्द गरिएका छन् ।

एनबीसी न्युज डट्कमका अनुसार, तूफानका बेलामा बिजुली कड्किएको आवाज पनि सुनिएको थियो ।

फिलाडेल्फियादेखि न्युयोर्क सिटीसम्म बिजुली आपूर्ति ठप्प हुँदा लगभग पाँच करोड मानिस प्रभावित भए ।

न्युजर्सीको एक माध्यमिक विद्यालयकी एक शिक्षिकामाथि चट्याङ प–यो तर उनी सकुशल बाँचिन् । अधिकारीहरूले
मानिसलाई घरैमा बस्ने सल्लाह दिएका छन् ।

मौसम विभागले बिहीवार बिहान तूफानको चेतावनी जारी गरेको छ । पेन्सिलभेनिया, न्युजर्सी र न्युयोर्क सिटीमा एक फीट वा त्यसभन्दा बढी हिमपात हुनसक्ने बताइएको छ ।