३६ हजार पंक्षी सरकारी आदेशमा मारिए

१६ फाल्गुन २०७४, बुधबार ०८:५८

फागुन १६, काठमाडौं ।

सरकारको आदेशपछि हालै नेदरल्याण्डमा ३६ हजार पंक्षीको हत्या गरिएको छ । आखिर यसको खास कारण के हो त ?

अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चाको विषय बनेको यो घटना हामीलाई चाहिँ खासै ठूलो नलाग्न सक्छ । किनकि हामीकहाँ यस्तो बेलाबेलामा हुने गरेको छ ।

 

वास्तवमा नेदरल्याण्डमा हालै बर्डफ्लू फैलिएको आशंकामा सरकारी आदेशपछि धेरै पोल्ट्री फर्मका कुखुरा नष्ट गरियो ।

स्थानीय कृषि मन्त्रालयका अनुसार बर्डफ्लू फैलिने आशंकामा झण्डै ३६ हजार कुखुरा तथा अन्य शंकास्पद पंक्षी मारिएको छ ।

ग्रोनिंगन प्रान्तको एक कुखुरा फार्ममा बर्डफ्लू देखिएको थियो । त्यहाँ देखिएको बर्डफ्लू अहिलेसम्मकै सबैभन्दा खतरनाक मानिएको छ ।

त्यसैले त्यो खतरनाक भाइरस फैलिन सक्ने आशंकामा स्थानीय अन्य फार्महरुका कुखुरा समेत सखाप पारियो ।

गत डिसेम्बरमा पनि नेदरल्याण्डमा झण्डै १८ हजार कुखुरा मारिएको थियो ।