सोझो पागल प्रेमी अदालतमा, अदालतले दियो उन्मुक्ति

२७ माघ २०७४, शनिबार ०१:५६

माघ २७, काठमाडौं । एजेन्सी

प्रेम र युद्धमा जे पनि जायज हुन्छ भन्ने भनाई लोकपि्रय नै छ । तर, के तपाईंले प्रेममा परेकै कारणले कुनै व्यक्तिलाई अपराधबाट उन्मुक्ति दिइएको सुन्नुभएको छ ?

हो, स्वीडेनको एउटा अदालतले एक अधवैशेलाई उनी ‘प्रेममा अभागी रहेको’ बहानामा ठगीको आरोपबाट सफाइ दियो । हेलसिङबोर्ग डिस्टि्रक्ट कोर्टले गरको यो रोचक फैसला अहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाएको छ ।


घटनाअनुसार ती व्यक्ति अनलाइनमा भेटिएकी एक २० वषिर्या यौवनाको प्रेममा परेका थिए । बेल्जियमकी ती युवतीसँग बिहे गरेर घरबार गर्ने योजना उनले बुन्न थाले । तर ती युवतीले आफू बिरामी परेको र पिताको मृत्यू भएकोले बताइन् ।

जब उनीहरुको बिहे र नयाँ जीवन सुरु गर्ने कुरा हुन थाल्यो, उनले ती व्यक्तिलाई भनिन् कि उनको पुख्र्यौली सम्पत्ति ट्राभलर चेकको रुपमा छ र अस्पतालमा भएको कारणले उनले त्यसलाई साट्न सक्दिनन् । प्रेममा डुबेका व्यक्ति हेलिसिन्बर्गमा रहेको बैंकमा ५ सय यूरोका दुईवटा चेक साटिदिन सहमत भए ।

ती व्यक्तिले भोलीपल्ट अर्को बैंकमा थप आठवटा चेक साट्ने प्रयास गरे । तर बैंक कर्मचारीले शंका लागेर प्रहरी बोलाए । जब प्रहरी आएर जाँचबुझ गरे, ती सबै चेकहरु जाली निस्किए र उनलाई ठगीको मुद्दा दायर गरियो ।

पछि जब उनलाई अदालतमा उभ्याइयो, न्यायधिसले उनको कथा सुने र उनलाई साह्रै सोझो व्यक्ति भन्दै रिहा गरिदए ।

‘उनी प्रेममा थिए र आफ्नी प्रेमिकालाई चाँडै दुलही बनाउने भनेर उत्साहित थिए । यस्तो अवस्थामा उनले सोझो खालको व्यवहार गर्नु स्वभाविक थियो,’ अदालतको फैसलामा भनिएको छ ।