सिंचाइ सचिव चढेको जीप भेटियो, तीन जनाको खाेजी जारी

२७ माघ २०७४, शनिबार ०३:३०

माघ २७, काठमाडौं ।

सिँचाइ मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जीप त्रिशुली नदिमा भेटिएको छ । जीप दुर्घटना स्थलभन्दा करिव २० फिट तल फेला परेको प्रहरीले जनाएको छ । जीप सडकबाट अन्दाजी ९० मिटर तल खसेको छ ।

जीप निकाल्ने प्रयास भइरहेको प्रहरी सही पूर्णबहादुर लामाले जानकारी दिए । गाडी पानीबाट बाहिर निकालेपछि मात्र थप, भन्ने सकिने उनले बताए ।

कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्केका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि रहेको बताइएको छ । अर्का एक जनाको नाम खुल्न सकेको छैन ।

बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जीप पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोलाङबाट त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका सर्लाहीका चालक निरन्जन यादवको काठमाडौंमा उपचार भइरहेको छ ।