शेरबहादुर देउवाले आज बालुवाटार छाड्ने

४ फाल्गुन २०७४, शुक्रबार ०६:२७

फागुन ४, काठमाडौं ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारस्थित सरकारी निवास छाड्दैछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन् ।

देउवाले दिउँसो एक बजेपछि निवास छाड्ने देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

बालुवाटारस्थित निवासबाट देउवाका धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा लगिसकिएको छ ।

२०७४ जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा असार ५ गते बालुवाटार सरेका थिए ।