शीतकालीन ओलम्पिकका दर्शकको ‘लिंग पार्क’मा घुइँचो

६ फाल्गुन २०७४, आईतवार ०९:२९

फागुन ६, काठमाडौं । एजेन्सी

दक्षिण कोरियाको सिनाम बन्दरगाह क्षेत्रमा एउटा अनौठो पार्क रहेको छ । हेसिन्दाङ पार्क भनिने यो पार्क लिंग पार्कको नामले चर्चित छ । यो प्रजननशीलताको स्मारक पनि हो र एउटा लोकोक्तिमा आधारित छ ।

यो लिंग पार्क हेर्न आउनेको अहिले घुइँचो नै लाग्ने गरेको छ । र यहाँ दिनहुँ आउनेहरुमा धेरैजसो नजिकै चलिरहेको शीतकालीन ओलम्पिक खेल हेर्न आएका दर्शकहरु छन् । ओलम्पिकको मज्जा लिन आएका खेलप्रेमीहरु एकपटक लिंगपार्कको पनि दर्शन गर्न आउने गरेका छन् ।


यो पार्कमा लिंग आकारका अग्ला अग्ला पोलहरु गाडिएको छ । साथै लिंग आकारकै बेन्च तथा झल्लरहरु रहेका छन् । साथै लिंग आकारकै हतियार पनि छ, जसमा लेखिएको छ यो ठड्याउनु हुँदैन ।

  • कथावस्तु (किंवदन्ति)

उक्त लिग पार्क एउटा कथावस्तुमा आधारित छ ।

  • जस अनुसार कुनै समय उक्त क्षेत्रमा एक कन्याको आँधीमा परेर मृत्यु भएछ । त्यसपछि गाउँलेहरुले माछा समाउन नसकी भोकै बस्नुपर्ने अवस्था आएछ । त्यसैबेला एक माछा मार्ने युवकले समुद्रमा पिसाब फेरिदिएपछि चाहीँ गाउँलेहरुले माछा मार्न सक्ने भएछन् । त्यो घटनासँगै ती युवकले एउटा मन्दिर निर्माण गरे र मन्दिरको छानोमा लिंग आकारको आकृति ठड्याए । मन्दिरको छानोमा लिंग ठड्याएपछि त्यसैबाट मृतक कन्याले यौन सन्तुष्टि प्राप्त गरेको विश्वास गरिन्छ । त्यस्तै अतृप्त आत्माहरुको यौन सन्तुष्टिका लागि धेरै लिंगहरु ठड्याएर पार्क नै बनाइएको हो ।