विस्फोटक पदार्थ बोक्ने एक जना प्रहरीको नियन्त्रणमा

१६ फाल्गुन २०७४, बुधबार ०८:२४

फागुन १६, काठमाडौं ।

प्रहरी प्रभाग, नागढुंगाले विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमूले–८ का २४ वर्षीय दशरथबहादुर शाही छन् ।


उनको साथबाट सुपर पावर ९० (लोला) १२ वटा, डिटोनेटर ४४ वटा, सेफ्टी फिउज २० मिटर, ५ मुठा डोरी ६ मिटर, गुलेली लगायत बरामद भएको छ ।

धादिङबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।