रियल मड्रिडले लेगानेसलाई ३–१ ले हरायो

१० फाल्गुन २०७४, बिहीबार ०७:४१

फागुन १०, काठमाडौं ।

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ ।

क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको रियल यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

खेलमा सुरुवाती अग्रता भने लेगानेसले छैठौं मिनेटमै लिएको थियो । तर, बस्टिङ्जाले गरेको गोलको अग्रता धेरै समय टिक्न सकेन ।

रियलका भाजक्वेजले ११ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । कासिमिरोले २९ औं मिनेटमा र रामोसले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत् गोल गरे ।

यो जितसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

२४ खेल खेलेको रियलको ४८ अंक छ । समान खेल खेलेका बार्सिलोना ६२ अंकसहित पहिलो र एथलेटिको मड्रिड ५५ अंकसहित दोस्रो स्थानमा छन् ।

यसैगरी भ्यालेन्सिया ४६ अंकसहित चौथो स्थानमा छ ।