रियल मड्रिडको ऐतिहासिक हार : “ला लिगा”

१६ फाल्गुन २०७४, बुधबार १०:३१

फागुन १६, काठमाडौं ।

जेरार्ड मोरेनोको इन्जुरी टाइमको गोलसँगै स्पानियोलले ला लिगामा रियल मड्रिडलाई हराएको छ ।

स्पानियोलले रियललाई हराएको दशकमै पहिलो पटक हो ।


रियल मड्रिडले पछिल्लो ५ खेल जितेको थियो । तर क्रिष्टियानो रोनाल्डोलाई आराम दिँदा मूल्य चुकाएको छ । रियल मड्रिडलाई १–० ले पराजित भएको हो ।

खेलको अन्त्यतिर रियलका डिफेण्डर सर्जिओ रामोस अतिरिक्त स्ट्राइकरको भूमिकामा खेलेका थिए । तर, सार्गी गार्सियोको पासमा मोरनोले गोल गरे ।

यसअघि पहिलो होफमा पनि उनले नै गोल गरेका थिए तर, अफराइड रह्यो ।

स्पानियोलले रियल मड्रिडविरुद्धका पछिल्ला २२ खेलमा जित हात पार्न सकेको थिएन ।

२००७ अक्टोबर यता उसले मात्र तीन खेलमा बराबरी खेलेको थियो ।