मुख्य न्यायाधिवक्तामा झा नियुक्त

६ फाल्गुन २०७४, आईतवार ११:२९

फागुन ६, काठमाडौं ।

प्रदेश २ को मुख्यन्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन् ।

प्रदेश सरकारले झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेको हो ।

अधिवक्ता झा संवैधानिक कानुनका ज्ञाता हुन् ।

प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह हुन्छ ।