माओवादी संसदीय दलको नेतामा प्रचण्ड

६ फाल्गुन २०७४, आईतवार ०८:२३

फागुन ६, काठमाडौं ।

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड चयन भएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको हो ।

सिंहदरवारमा बसेको बैठकमा प्रचण्डले समानुपातिक सांसद बनेकाहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए ।

सांसद देवेन्द्र पौडेलका अनुसार प्रचण्डले एमालेसँग एकताको कोशिस भइरहेको बताए पनि विस्तृतमा खुलाएनन् ।

आइतबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताकै विषयमा आफूले छलफल गर्न लागेको प्रचण्डले जानकारी गराएका थिए ।