प्राईम बैंकले सयदेखि तलका सानो नोटहरु डिपोजिटमा लिन छाड्यो

१८ माघ २०७४, बिहीबार १०:०१

मन्जिल कन्दङ्वा
माघ १८, काठमाडौं ।

प्राईम बैंकले केन्द्रिय कार्यलय कमलपोखरी बाट सयदेखि सानो नोट नलिनु भन्ने मेल आएको भन्दै ग्राहकले डिपोजिट गर्न ल्याएका रु १०० देखि मुनिका साना नोटका बण्डेलहरु फर्काएको छ । अहिले बजारमा सयदेखि मुनिका साना नोटहरुको नक्कली नोटहरु निक्लेको भन्दै अचानक साना नोटहरु डिपोजीटमा लिन छाडेको हो । यस अन्तर्गत रु ५, १०, २०, २५, ५० र १०० का नोटहरु रहेका छन् ।

डिपोजीटका लागि ल्याएका सानो नोटका रकम थोरै भए भने लिने तर बण्डलहरु चाँही डिपोजीटका लागि नलिने प्राईम बैंकका ब्रान्च ईनचार्ज गोपाल भट्टराईले आयोखबर संवाददातालाई जानकारी दिए ।

“हामीलाई कन्द्रिय कार्यलय कमलपोखरीबाट रु १०० देखि सानो नोटहरु नलिनु भन्ने मेल आएको छ ।”, ब्रान्च इनचार्ज गोपाल भट्टराईले भने, “बजारमा धेरै रु १०० देखि मुनिका साना नोटहरुको नक्कली नोट आएको छ, त्यसैले नलिको ।”