प्रदेश ६ को मुख्यमन्त्रीमा सर्बसम्मत

२४ माघ २०७४, बुधबार ०७:४३

माघ २४, काठमाडौं ।

प्रदेश ६ को मुख्यमन्त्रीको विवाद माओवादीले टुंगो लगाएको छ ।

पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको हो । शाही कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद हुन् ।

नेताहरु पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्माले मुख्यमन्त्रीको टुंगो लगाएका हुन् । तर, औपचारिक घोषणा भने बिहीबार मात्रै गरिने जनाइएको छ ।


यस अघि नेताहरु नै महेन्द्र शाही र नरेश भण्डारी पक्षविपक्षमा विभाजित भएकोले मुख्यमन्त्रीको टुंगो लाग्न सकेको थिएन ।

मुख्यमन्त्री टुंगो लाग्न नसकेपछि पूर्वगृहमन्त्री जनार्दश शर्मा सहजीकरणका लागि सुर्खेत पुगेका थिए । शर्मा औपचारिक घोषणा भएपछि मात्रै फर्किने बताइएको छ ।

माअोवादीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको थियो ।

प्रदेश ७ मा यस अघि नै डोटीका त्रिलोचन भट्टलार्इ सर्बसम्मत चयन गरिसकेको छ ।