प्रदेश ६ का मुख्यमन्त्री शाहीले दुर्गाकेश खनालबाट लिए शपथ

४ फाल्गुन २०७४, शुक्रबार १०:३४

फागुन ४, काठमाडौं ।

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शपथ लिएका छन् ।

    पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले आज प्रदेश प्रमुख दुर्गाकेश खनालबाट शपथ लिएका हुन् ।

मुख्यमन्त्री नियुक्त भए लगत्तै बिहीबार नै शपथको तयारी गरिएको थियो ।

तर, मन्त्रिमण्डल विस्तार गर्ने भन्दै आजका लागि शपथको मिति तोकिएको थियो ।