पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री बनाउने सहमति ; प्रदेश ४

२८ माघ २०७४, आईतवार ०७:५८

माघ २८, काठमाडौं ।

एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो ।

दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।

आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

केहीबेरमा एमाले संसदीय दलको बैठक बसेर गुरुङलाई दलको नेता चयन गर्ने स्रोतले बताएको छ ।