नेपाली डाक्टरलार्इ बंगलादेशको गोल्ड मेडलबाट सम्मानित

१६ फाल्गुन २०७४, बुधबार ०८:०९

फागुन १६, काठमाडौं ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित भएका छन् ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यलायमा आयोजित एक विशेष समारोहमा डा. पन्थीलाई गोल्ड मेडलबाट सम्मान गरेकी हुन् ।

डा. पन्थीले बङ्गलादेशको एकमात्र सरकारी मेडिकल बिश्वविद्यालय बङ्गबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालयबाट सन् २०१६ मा पाँच बर्षे एमडी एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म (डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ) विशेषज्ञता हासिल गरेका थिए ।

उनले सो विश्वविद्यालयको एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म विभागमा मात्र नभएर समग्र मेडिसिन फ्याकल्टीमानै सर्वाधिक अंक सहित सर्बोत्कृष्ट नतिजा हासिल गरेका थिए ।

डा. पन्थी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञका रुपमा कार्यरत छन् ।