“थ्री एन्जल्स नेपाल”लाई अन्तर्राष्ट्रिय एनजीओ लिडरसीप अवार्ड

११ फाल्गुन २०७४, शुक्रबार ०७:४२

फागुन ११, काठमाडौं ।

‘थ्री एन्जल्स नेपाल’ले लिडरसीप सम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

नेपालबाट वर्षेनी तेश्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि महत्वपूर्ण कार्य गरेको भन्दै टाईम नाउ नामक अन्तर्राष्ट्रिय म्यागेजिनले पोखरामा प्रधान कार्यालय रहेको ‘थ्री एञ्जल्स नेपाल’लाई एनजीओ लिडरसीप अवार्ड प्रदान गरेको हो ।


वल्र्ड सीएसआर डे को अवसरमा भारतको मुम्बईमा फेब्रुअरी १८ तारिखमा भएको कार्यक्रममा संस्थाले अवार्ड प्राप्त गरेको संस्थाका कार्यकारी निर्देशक डा.राजेन्द्र गौतमले जानकारी दिए ।

सामाजिक क्षेत्रमा कार्यरत विश्वभरका १ सय १० संस्थाहरु मध्ये ‘थ्री एन्जल्स नेपाल’ सर्वोत्कृष्ट हुँदै सम्मानित भएको उनको दाबी छ ।

अवार्ड थाप्न ‘थ्री एन्जल्स नेपाल’का प्रशासनिक सचिव विवेक शर्मा ढकाल, पर्वत थापा र रोशन प्रसाईं मुम्बई पुगेका थिए ।

यसैबीच एनजीओ लिडरसीप अवार्ड प्राप्त गरेको अवसरमा संस्थाले एक कार्यक्रम गरी सेलेब्रेसन गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ नयागाउँस्थित संस्थाको प्रधान कार्यालयमा कार्यक्रम गरी सेलेब्रेसन गरिएको संस्थाका सचिव गणेश श्रेष्ठले जानकारी दिए ।

सेलेब्रेसन कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक डा.राजेन्द्र गौतमले अवार्डले मानव बेचविखन मुक्त नेपाल निर्माणका लागि अभियानमा लागिरहन संस्थालाई ठूलो प्रेराणा मिलेको बताए ।