डा. गोविन्द केसीकै तीन जन्ममिति

९ फाल्गुन २०७४, बुधबार १०:४८

फागुन ९, काठमाडौं ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मितिमाथि प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् ।

डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्म मिति भेटिएको हो ।

नागरिकतामा डा. केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ ।

यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।

आफ्नो जन्ममितिलाई लिएर विवाद भएपछि डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर त्रुटी स्वीकार गरेका छन् ।

प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमामा फरक जन्ममिति हुन पुगेको उनले बताए ।

उनले अघि भने, जहाँसम्म मैले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिको कुरा छ, तिनमा मानवीय त्रुटी भएको म स्वीकार गर्छु ।’