ट्रिपरको ठक्करबाट १४ बर्षीय चालकको मृत्यु

१३ फाल्गुन २०७४, आईतवार ०७:५५

फागुन १३, काठमाडौं ।

टि्परको ठक्करबाट बनेपा नगरपालिका-४ नालामा एक किशोरको मृत्यु भएको छ ।

बा ४ ख ६६०३ नम्बरको टि्रपरको ठक्करबाट बनेपातर्फ आउँदै गरेका बा १५ प ८३६३ नम्बरको मोटरसाइकल चालक बनेपा – १ का १४ वर्षीय अमिर पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

उनलाई बनेपाको शीर मेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए ।

पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी थिए ।