‘जन्मदिनमा केक काट्न लाज लाग्छ, बल्ल २३ बर्षमा लागेँ ।’: नायिका स्वेता

२२ माघ २०७४, सोमबार ०९:३०

मन्जिल कन्दङ्वा

माघ २२, काठमाडौं ।

नायिका स्वेता खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । चलचित्र ‘कान्छी’को रिलिज दिन नजिकिदै गर्दा स्वेताका लागि अहिले चटारो पनि परेको छ ।

चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्वेता खड्काले भोली काठमाण्डौमा ‘कान्छी सुपर नाइट्स’को आयोजना पनि गर्दैछिन्

उनलाई चलचित्र ‘कहाँ भेटिएला’ले परिचित गरायो भने ‘कोहिनुर’बाट उनी निर्मात्रीको रुपमा पनि हिट भइन्

बिहे गरेको एक महिनामै नै नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि केहि बर्ष मिडिया र चलचित्र क्षेत्रबाट टाढा रहेकी स्वेता फागूण ४ गतेबाट  भने चलचित्र ‘कान्छी’ लिएर दर्शकमाझ आउँदैछिन्

 

  • ‘मलाई केक काट्ने भन्ने वित्तिकै लाज लाग्छ ।’

नायिका खड्काले आफूलाई जन्मदिनमा केक काट्न मन नलाग्ने बताइन् । उनले भनिन्-‘मलाई खासै जन्मदिनमा पहिलेदेखि नै केक काट्न मन लाग्दैन । आज पनि केक काट्न मन लागेको छैन ।’

स्वेताका अनुसार आज राती १२ बजे उनको भाइले केक ल्याएर सरप्राइज शुभकामना दिएका थिए

जन्मदिनमा आफूलाई केक काट्न भन्दा पनि समाजसेवा गर्न मन लाग्ने उनको भनाई छ । स्वेताले भनिन्-‘मलाई केक काट्ने भन्ने वित्तिकै लाज लाग्छ ।’ उनले आफ्नो उमेर पनि खुलाउन चाहिनन् । भनिन्‘बल्ल २३ बर्षमा लागेँ ।’

स्वेताले जन्मदिनको अवसरमा आफूलाई धेरै शुभकामना आएपनि त्यसको जवाफ दिन नपाएको बताइन्

  • नायिका स्वेता खड्कालाई आयोखबरको तर्फबाट पनि जन्मदिनको शुभकामना ।

 

 

स्रोत:अनलाइनखबर