चट्याङ लागेर बैतडीमा पाँचको अवस्था गम्भीर, २२ सैनिक घाइते

२ फाल्गुन २०७४, बुधबार ०८:२५

फागुन २, काठमाडौं ।

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

मंगलबार साँझ ७ः५० बजे परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती सेनानी सुदीप बानियाले जानकारी दिए ।


तालिममा रहेका सेनाका जवानहरु एक्कासि चट्याङ लागेर घाइते भएका हुन् ।

सेनानी बानियाको अनुसार गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

समान्य घाइते भएका १७ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।