काठमाण्डौका मल्टिप्लेक्समा बक्स अफिस

१८ माघ २०७४, बिहीबार १०:४३

माघ १८, काठमाडौं ।

वैशाख १ गतेबाट काठमाण्डौका सम्पूर्ण हलहरुमा बक्स अफिस परिक्षण गर्ने तयारी गरेको चलचित्र विकास बोर्डले अन्ततः फागूण १ गतेबाट नै काठमाण्डौका मल्टिप्लेक्समा बक्स अफिस लागू गर्ने भएको छ ।

बक्स अफिस कार्यान्वयन समितीको आज बसेको बैठकले इ–टिकेटिङ जोडिएका काठमाण्डौका सम्पूर्ण हलमा बक्स अफिस लागू गर्ने निर्णय गरेको हो । सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतको उपस्थितीमा यो निर्णय भएको हो ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले भनिन्–‘यसअगाडि हामीले वैशाख १ गतेबाट काठमाण्डौमा बक्स अफिस परिक्षण गर्ने निर्णय गरेका थियौ । तर, अरु निर्णय यथावत् नै राख्दै फागूण १ गतेबाट इ–टिकेटिङ लागू भएका हलमा बक्स अफिस जडान गर्ने निर्णय भएको छ ।’ उनले काठमाण्डौ बाहिरका हलमा माघ १ गतेबाट बक्स अफिस लगाउने निर्णय अझै अगाडि कार्यान्वयन हुन सक्ने पनि बताइन् । साथै, सर्भर जडान गर्न नसक्ने काठमाण्डौ बाहिरका केहि हलहरुमा विकास बोर्डले अनुदान समेत दिने उनको भनाई छ ।

बक्स अफिसको सर्भर कुनै निजी कम्पनीलाई जिम्मा दिने तयारी समेत गरिएको छ । जसलाई, चलचित्र विकास बोर्ड, चलचित्र संघ र चलचित्र निर्माता संघका प्रतिनिधीको निगरानीमा संचलान गरिनेछ ।

यस्तै, चलचित्र सेन्सर बोर्डमा चलचित्र संघ र चलचित्र निर्माता संघका १–१ जना आमन्त्रित प्रतिनिधी राख्ने बिषयमा पनि मन्त्री बस्नेतसँग कुराकानी गरिएको छ ।