उपाधि भिडन्तमा नेपाल पहिले फिल्डिङ गर्दै

३ फाल्गुन २०७४, बिहीबार ०८:१०

फागुन ३ , काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि युएईविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

टस जितेर युएईले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

बुधबार नेपालले क्यानडालाई र युएईले नामिबियालाई हराएपछि दुई टिमबीच उपाधि भिडन्त हुन लागेको हो ।

यसअघि ‘डिभिजन टू’मा नेपालले युएईलाई हराएको थियो ।