अष्ट्रेलियामा दोश्रो पटक नेपाल महोत्सव हुँदै

२८ माघ २०७४, आईतवार ०९:१९

माघ २८, काठमाडौं ।

नेपाली भाषा, कला, संस्क्रिती र पर्यटनलाई पश्चिम अष्ट्रेलियामा सम्बर्दन एवम प्रबर्दन गर्ने उधेश्यका साथ आउदो मार्च महिनामा पर्थमा दोश्रो पटक नेपाल महोत्सबको आयोजना गरिदैछ।

गैर आवासिय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाको आयोजनामा हुन लागेको सो ‘नेपाल फेस्टिभल पर्थ – २०१८’ यही आउदो मार्च ३१ तारिखका दिन पर्थको मुटुमा अबस्थित ‘एलिजाबेथ की’ मा सम्पन्न हुँदैछ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै संसारभर नेपाली भाषा, कला र संस्क्रितीलाई निरन्तर प्रबर्दन गर्दै आइराखेको गैर आवासिय नेपाली संघले अष्ट्रेलियाका भिभिन्न राज्यहरुमा हरेक दुइ दुइ वर्षमा ‘नेपाल महोत्सब’ आयोजना गर्दै आइरहेको छ।

सोही नेपाल र नेपालीलाई चिनाउने महत्वपूर्ण कार्यलाई निरन्तरता दिँदै गैर आवासिय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाले चार बर्ष पछी पुन: पर्थमा दोश्रो पटक नेपाल महोत्सब आयोजना गर्न लागेको हो।

यसै सिलशिलामा गैर आवासीय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाले पर्थका स्थानीय संघसस्था र नेपाली समुदायसँग सहकार्य गर्दै महोत्सव मुल आयोजक समूह निर्माण गरि महोत्सवको सम्पूर्ण प्रारम्भिक तयारी सुरु गरी सकेको, गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा महोत्सबका सम्योजक समेत रहेका राज्य परिषद सम्योजक दिपक शर्माले जानकारी गराए।


महोत्सबले पश्चिम अष्ट्रेलियाको बहुसास्कृतिक समुदायमा एकता र सामाजिक सहिष्णुताको सन्देश प्रवाह गर्दै नेपाली पर्यटन, कला र सन्स्क्रितीलाई प्रबर्द्नन गर्न मद्धत गर्ने विश्वाश लिइएको छ। महोत्सबका दौरान नेपाललाई खास प्रतिनिधित्व गर्ने सास्कृतिक, प्राकृतिक तथा एइेतिहासिक महत्व बोकेका गौरबशाली सम्पदाहरुको फोटो प्रदर्शनी, नेपाली हस्तकला, चित्रकला तथा पर्यटनलाई प्रबर्दन गर्ने खालका सामाग्रीहरुको स्टल, बिभिन्न भाषाभाषी र जात जातीहरुलाई झल्काउने पोशाकहरुको प्रदर्शनी, नेपाली खाना तथा ब्यवसायहरुलाई प्रबर्द्न गर्ने खालका स्टलहरु लगायत स्थानिय कलाकरुहरुको सास्कृतिक प्रस्तुतीका साथै नेपालको चर्चित साङितिक ब्यान्ड कुटुम्बले पनि आफ्नो साङितिक प्रस्तुती दिनेछ।

‘नेपाल महोत्सब पर्थ-२०१८’ ले नेपालको पर्यावरण, धार्मिक तथा सास्कृतिक सम्पदा, कला र सन्स्क्रितीको अन्तरराष्ट्रिय प्रदर्शनीमा बिशेष योग्दान पुर्याउने हुनाले नेपालमा लगानी र पर्यटनको बढोत्तरीमा समेत ठुलो योग्दान पुग्ने विश्वास लिएको छ।

झन्डै १० हजारले अबलोकन गर्ने अनुमान गरिएको सो महोत्सबमा सम्पूर्ण पर्थबासी नेपालीहरु सहभागी बनी महोत्सबलाई भब्य सफल बनाइदिन गैर आवासिय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाले सबैमा हार्दिक अपिल गरेको छ।