चन्द्रगिरीमा हिउँ प¥यो

१० माघ २०७४, बुधबार ०८:३७

माघ १०, काठमाडौं ।

काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । राजधानीमा वर्षा  भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो ।

केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।

हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ । काठमाडौंमै हिउँमा रमाउन चाहानेहरु अब सजिलै चन्द्रागिरी पुग्न सक्नेछन् । चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ ।