८ हजार चीनीयाँ चुलो अझै गोदाममा

८ माघ २०७४, सोमबार ०९:५१

 

माघ ८, काठमाडौं ।

भुकम्प र नाकाबन्दीका बेला चीन सरकारले अनुदानमा उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन) को सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन् ।

मुलुकमा नियमीत विद्युती प्रवाह भइरहे पनि यसको उपयोग गर्ने प्रचलन नहुँदा इनडक्सन् बिक्री हुन नसकेको हो ।


१२ हजार मूल्य पर्ने चुल्हालाई मूल्य घटाएर ४ हजारमा बिक्री गर्ने गरिए पनि अहिलेसम्म २५ प्रतिशतभन्दा बढी बिक्री हुन सकेको छैन् ।
सरकारले समयमै मूल्य घटाएर बिक्री नगर्दा अनुदानको चुल्हो बिक्री हुन नसकेको हो ।

  • बजारमा यसभन्दा पनि सस्तो मूल्यको इन्डक्सन् पाइने भएकोले ग्राहकको आकर्षण यसमा हुन सकेको छैन् ।