३३ किलो सुन तस्करीका अभियुक्त पक्राउ

३ माघ २०७४, बुधबार १०:०२

माघ ३, काठमाडौं ।

विशालबजारस्थित सालिमार ज्नेलर्सका सञ्चालक राहुल गोयललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धानव्युरोको टोलीले गोयललाई पक्राउ गरेको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।

गत वर्षको पुसमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा भित्र्याएको ३३ किलो सुन तस्करीमा संलग्न भएको अभियोगमा गोयललाई पक्राउ गरेको हो ।

व्युरोले २ पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ ।
प्रहरीले ३३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जुन मुद्दामा गोयल फरार रहँदै आएका थिए ।