स्मरणशक्ति बढाउने सजिलो १० तरिकाहरु

४ माघ २०७४, बिहीबार ०८:००

माघ ४, काठमाडौं ।       

1. लेख्ने बानी

जे कुराहरु हामी अक्सर भुल्छौ, त्यसलाई लेखेर याद राख्ने अभ्यास गरौं । लेख्नका लागि डायरी, इमेल वा मोबाइलको प्रयोग गर्न सकिन्छ । कसैको फोन नम्बर याद राख्नु छ भने त्यसलाई टुक्रा(टुक्रा बनाएर सम्भिmने कोसिस गरौं ।

2. फिट रहने

स्वस्थ शरीरमा नै स्वस्थ मनको वास हुन्छ । उमेर ४० वर्षभन्दा अधिक छ भने हप्तामा ४(५ दिन एरोबिक एक्सरसाइज वा हिँडडुल गर्ने । यसबाट केवल शरीर मात्र होइन, दिमाग पनि चुस्त(दुरुस्त रहन्छ ।
एक्सरसाइजले दिमागका लागि टनिकको काम गर्छ । यसबाट मस्तिष्कको रक्तप्रवाहमा सुधार आउँछ । साथै सोच्ने, बुझ्ने शक्ति र स्मरणशक्ति आफसेआफ बढ्न थाल्छ ।

3. ध्यानको अभ्यास

थुप्रै अनुसन्धानले पुष्टि गरेको छ, ध्यानले दिमागमा हुने रक्तसञ्चारलाई बढाउँछ । ध्यान गर्दा मन एकाग्र हुन्छ । यसबाट हामीलाई शान्ति पनि प्राप्त हुन्छ भने मस्तिष्क विभिन्न खाले बाधाहरुबाट मुक्त हुन्छ । परिणामस्वरुप मलाई आराम मिल्छ । अगाडि बढ्नुस र प्रयोग गरेर हेर्नुस । ध्यानमा बस्न कठिन अवश्य हुन्छ, तर कुनै योग्य गुरुबाट मद्दत लिइयो भने सजिलै यसमा सफलता पाउन सकिन्छ ।

4. ध्यानपूर्वक सुन्ने

हतार गर्ने वा नजरअन्दाज गर्ने बानीका कारण पनि कुराहरु याद राख्न समस्या हुन्छ । त्यसैले कुनै पनि कुरालाई याद राख्नका लागि त्यसलाई ध्यानपूर्वक सुन्न आवश्यक छ । एक पटकमा एउटा मात्रै काम गर्दा पनि एकाग्रता बढ्छ ।
वस्तुहरुलाई तीनको सही स्थानमा राख्नुस । घरबाट निस्किदा आफ्ना आवश्यकताका वस्तुहरु नभुल्नका लागि दैनिक प्रयोगमा आउने वस्तुहरु जस्तै साँचो, मोबाइल आदिलाई तिनीहरुको सही स्थानमा राख्नुपर्छ ।

5. दिमागी खेलहरु खेल्ने

दिमागी खेलहरु खेल्दा दिमागको शक्ति कायम रहन्छ र चाँडै स्मरणशक्ति गुम्दैन । यसका लागि क्रसवर्ड, बाघचाल, चेस जस्ता खेलहरुमा बानी पर्नुपर्छ । यसबाट स्मरणशक्ति तेज हुन्छ । यी खेलहरुबाट बिस्तारै(बिस्तारै वा सूक्ष्म स्तरमा पनि लाभ प्राप्त हुन्छ ।

6.शान्त रहने

दवाव, चिन्ता, हड्बडी इत्यादिले स्मरणशक्तिमा ठूलो प्रभाव पार्छन् । यही कारणले पढाईमा मेधावी विद्यार्थी पनि परीक्षामा राम्रो अंक ल्याउन सक्दैन । त्यसैले जस्तो स्थितिमा पनि शान्त रहने र सफलताको सिँढी उक्लिदै जाने । जब तनाव महसुस हुन्छ, दिमागलाई शान्त राखेर दुई(चारपटक लामो गवहिरो सास लिने । यसबाट लाभ हुनेछ ।

7.मदिराबाट टाढा

अत्यधिक रक्सी पिउनु र अन्य नशालु पदार्थको सेवन गर्नु भनेको आफ्नो खुट्टामा बञ्चरो हान्नु समान हो । यसबाट शरीरको साथसाथै मन(मस्तिष्कमा पनि नकारात्मक असर पर्छ । बिस्मृतिको अवस्थामा नै मानिसहरु झूटको कठघरामा खडा हुनुपर्छ । यस्तो स्थिति आउनबाट बच्ने र रक्सीको कुलतबाट आफूलाई टाढै राख्ने ।

8.पढ्ने बानी

बढिभन्दा बढि पढ्ने बानी गरौं । यसबाट शब्दभण्डार बढ्नुका साथै दिमाग पनि खुल्नेछ । थुप्रै प्रसिद्ध वक्ताहरुले यही उपायबाट सफलता पाएका हुन् ।

9.भिटामिनयुक्त आहार

अनुसन्धानबाट पत्ता लागेको छ कि हरुबाट भरिपूर्ण सन्तुलित आहार लिनाले स्मरणशक्ति, शब्दप्रवाह आदिमा सुधार आउँछ । बी कम्प्लेक्सको भिटामिन्स, खासगरी नियासिन र बीटा क्यारोटीन विशेष उपयोगी छन् ।

 

10.नियमित कामका लागि चिट

जे काम दैनिक गरिन्छ, जस्तै तरकारी किन्ने, बैंकसम्वन्धी कुनै काम, तिनीहरुलाई कागजमा लेखेर यस्तो ठाउँमा टाँस्ने ताकि सजिलै त्यसमा फेला परोस ।

 

(सोत–इन्टरनेट)