सुमोको ठक्करबाट १ को मृत्यु

६ माघ २०७४, शनिबार ०९:०७

माघ ६, काठमाडौं ।

फर्पिङमा सुमोको ठक्करबाट स्कुटर चालक दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको छ ।

  • गए राति कुलेखानीबाट काठमाडौँ आउँदै गरेको ना १ ज ३३७५ नंको टाटा सुमोले बा ५७ प ३०७८ नंको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा गुडिरहेको सुमोले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा आज बिहान २ः३० बजे बयोधा अस्पतालमा निधन भएको जानकारी दिए ।

टाटा सुमोसहित चालकलाई महानगरीय प्रहरी प्रभाग फर्पिङले नियन्त्रणमा लिएको छ ।