सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोह पक्राउ

२० पुष २०७४, बिहीबार ०७:४५

श्याम गुप्ता 

पुस २०, बारा ।

सामाजिक संजालको प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्ने तीन जनालाई बारा प्रहरीले पक्राउ गरी वुधवार सार्वजनिक गरेकाे छ ।

ठुलो धनरासीको चिठ्ठा परेको संदेश दिदै ललाई पकाई प्रलोभनमा पारी अग्रिम राजश्व जम्मा गर्न लगाई ठगी गर्दै हिँड्ने तीन जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कलैया बारामा सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका १८ बस्ने बर्ष २१ का संजय कुमार राम , सोही महानगरपालिका२१  बस्ने बर्ष २१ का अफताव आलम र भारतकाे बिहार स्थित मातीहारीका बर्ष २२ का कमलेश यादव रहेका छन्। उनीहरुलाई बाराको सदरमुकाम कलैया चेकको आइएमई अगाडी रकम बाडफाड गर्दै गर्दा पक्राउ गरेको बारा प्रहरीले बताएको छ । मुलुकी ऐन ठगीको महल बमोजिम बारा जिल्ला अदालतबाट ६ दिन हिरासतमा राख्ने अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बेदवारले बताए ।