सरकारी अस्पतालमा ‘उडुस’ आतंक

२० पुष २०७४, बिहीबार ०५:३१

पुस २०, काठमाडौं ।देशकै पुरानो वीर अस्पताल र बच्चाहरुको उपचार गर्ने कान्तिबाल अस्पतालमा उडुसको टोकाइबाट विरामी र कुरुवा आतंकित भएका छन् ।

पटक पटक औषधि प्रयोग गरेपनि उडुस नहराए पछि उपचारका लागि आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मी समेत आतंकित भएका हुन । दांङबाट मृगौंलाको उपचार गर्न छोरालाई लिएर एक साता अघि वीर अस्पताल आएका चन्द्र बहादुर श्रेष्ठ उडुसका कारण सुत्न नसकेको बताउछन् । म पाँच दिन देखि आइसियुको बाहिर बिरामी कुरेर बसेको छु । रात परेपछि यहाँ उडुस संगको लडाई हुन्छ श्रेष्ठले भने, सुत्ने भन्ने त परको कुरा हो ।’ अध्यारो कोठा भएका कारण साँझ पर्नसाथ उडुस निस्कने गरेको श्रेष्ठ बताउँछन् ।भित्ताभरी उडुस मारेको डाम देखाउँदै श्रेष्ठले भने, उडुसको कुनै समस्या समाधान होला भन्ने लाग्दैन । उनले कुरुवा देखि वेडमा उपचार गराइरहेका बिरामीलाई थप समस्या पारेको बताए । रातभर कुरुवा, उडुस र चिकित्सक बिच भिडन्त बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र बिरामी कुर्न आएका आफन्तहरु आफै बिरामी झै भएका छन् । रात परेपछि उनिहरु बिरामीको चिन्तामा भन्दा पनि उडुस संग भिडन्त गर्न तयार हुन्छन् ।

त्यसको सुबत प्रमाण हो वीर अस्पतालको आईसियु र सिसियु बाहिर भित्तामा बिछिप्त भएर लत्पतिएको रगत । रातभर हामी उडुस मार्नमै व्यस्त हुन्छौ एक कर्मचारीले भने, अनेक औषधि गर्दा पनि यसलाई निर्मुल पार्न सकिएको छैन । उडुसको आंतकबाट सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामी र उनका आफन्त शसंकित छन् । अस्पतालको आइसियु अगाडी बिरामी कुरेर बसेकी सिता देवकोटाले भनिन, रातको समयमा शरिरका वभिन्न भागमा र कानभित्र समेत उडुस पस्ने गरेको छ । उडुस निर्मुल पार्न कठिन उडुस जस्ता विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ । चिकित्सकहरुले भनेका छन्, उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन् । उडुस आतंकबारे अस्पताल निर्देशक के भन्छन रु वर्षौ पुराना उपकरणले उडुस जन्मियो वीर अस्पतालका निर्देशक प्रा।डा भुपेन्द्र कुमार बस्नेतले वर्षौ पुराना उपकरणको प्रयोगले उडुस जन्मिएको बताए । २० औं वर्ष पुराना खाट र खिया लागीसकेका फलामे वेड प्रयोगमा छन्, यस भित्र उडुस पर्दा बिरामी र बिरामी कुरुवा देखि स्वास्थ्यकर्मी समेत आतंकित हुन पुगेका छन् उनले भने । सुन्दा सामान्य लाग्ने तर, उडुसले अस्पतालमा ठुलो चुनौति थपेको बस्नेतले बताए । बिरामीको भन्दा पनि कर्मचारीहरुले धेरै गुनासो गर्ने गरेको उनले बताए । हामीले थुप्रै पटक औषधि हानेर उडुस मार्ने प्रयास गरेका थियौं तर, उपकरणका चेप चेपमा पसेका कारण निर्मुल पार्न सकिएन बस्नेतले भने ।

बस्नेतले कसरी उडुसको आतंक रोक्ने भन्नेमा आफुहरु अन्यौलमा परेको समेत बताए । कान्तिमा बिरामी टोकेर हैरान कान्ति बाल अस्पतालका निर्देशक डा। गणेश गुरुङले अस्पतालमा उडुस आतंकले हैरान बनाएको बताए । अहिले जाडो छ, धेरै उडुस बाहिर निस्कदैनन् । फाल्गुन लागेपछि कमिलाको ताति जस्तो लस्कर लाग्छन राईले भने । उनले उपत्यकाका सबै अस्पतालमा उडुस छन, बिरामीलाई उडुसले असाध्यै दुख दिएको छ । बिरामीलाई टोक्दा यसले रोग पनि सार्ने गर्छ उनले भने, उडुस संग लडाई गरेर सकिदो रहेनछ हामीलाई यसले रुनुन हास्नु बनाएको छ । राईले पटक पटक औषधि हानेर मार्ने प्रयास गरेको भएपनि सम्भव नभएको बताए । राईले उडुस निर्मुल पार्ने उपायबारे सल्लाह सुझाव समेत मागेका छन् । –नयाँ पत्रिका दैनिक