शीतलहर र बाढीपिडितलाई १ अर्ब

२६ पुष २०७४, बुधबार ०४:२४

पुस २६, काठमाडौं । सरकारले बाढीपहिरो तथा शीतलहरबाट प्रभावित नागरिकलाई लत्ताकपडा खरिद तथा घर मर्मतका लागि १ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा गरेको छ ।

बाढी पहिरो, डुबान, शीतलहर र चीसो प्रभावितका लागि प्रतिपरिवार लत्ताकपडा किन्न १० हजार र घर मर्मत गर्न १५ हजार रुपैयाँका दरले रकम निकासा गरेको हो । त्यसैगरी शीतलहरप्रभावित २२ जिल्लाका नागरिकलाई दाउरा किन्न २ करोड २० लाख विनियोजन गरिएको छ । मन्त्रिपरिषदको बैठकले गत कात्र्तिक २७ गते नै बाढीपहिरो पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन निर्णय गरेको थियो ।

गृहमन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीका अनुसार दाउरा तथा कम्बल खरिद र घर मर्मतका लागि एकैसाथ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण हुनेगरी रकम निकासा गरिएको जानकारी दिए । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले मंगलबार गृह मन्त्रालयलाई प्रकोपपीडित परिवारका लागि १ अर्ब ४ करोड ६ लाख १८ हजार रुपैयाँ वितरण गर्ने गरी अख्तियारी दिएको हो । – कारोबार दैनिक