विक्रम र प्रचण्को भारी चुनावी खर्च

४ माघ २०७४, बिहीबार ११:१४

 

माघ ४, काठमाडौं ।

चितवन ३ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले मोटै रकम खर्च गरेको चर्चा भए पनि खर्च विवरणमा भने धेरै कम छ ।

निर्वाचन आयोगमा बुझाएको खर्च विवरण न प्रचण्डको पत्याउने खालको छ न पाण्डेको नै ।


प्रचण्ड र पाण्डेबीच चुनावी प्रतिस्पर्धाजस्तै खर्चमा पनि उच्च प्रतिस्पर्धा नै थियो । उनीहरुले यति नै रकम खर्च गरे भन्ने विषयमा अनेक चर्चा भए पनि दुवैको चुनाव खर्च करोड घटी नभएको चर्चा चितवनमा हुने गरेको छ । प्रचण्डले नौ लाख ९४ हजार ५४२ र पाण्डेले नौ लाख ३९ हजार ९४० रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् ।

खर्च विवरणमा पाण्डेको भन्दा प्रचण्डको ५४ हजार रकम बढी भएको देखिएको छ ।


के छ त संविधानमा ?

  • प्रतिनिधिसभा निर्वाचनमा एकजना उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने कानुनी व्यवस्था छ ।