लागूऔषध कारोबारी पक्राउ

२५ पुष २०७४, मंगलवार ०९:४४

पुस २५, काठमाडौं ।
भारत मोतीहारी पूर्वीचम्पारण निमुई पवरीया टोल सुगौली घर भएका महम्मद अमुवलाई प्रहरीले नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय एक्पुल, डाइजेपाम १ सय एम्पुल र फेनारगन १ सय एम्पुलसहित पक्राउ गरेको छ ।
लागूओषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले महम्मदलाई शनिबार काठमाडौं महानगरपालिका–१४ कलंकीबाट उक्त नियन्त्रित लागूऔषधसहित पक्राउ गरेको हो ।