रियल मड्रिड क्वार्टर फाइनलबाटै आउट

११ माघ २०७४, बिहीबार ०८:२०

माघ ११, काठमाडौं ।

अप्रत्यासित हार व्यहोर्दै रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ

बुधबार राति भएको खेलमा रियल मड्रिडले दोस्रो लेगमा २–१ को हार व्यहोरेको छ । पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो र समग्रमा २–२ को बराबरी भएपनि अव भने बाहिरिएको छ ।

बेर्नाबाउमा भएको खेलमा लेगनेसले ३१ औं मिनेटमा इरासोको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुमा नै करिम बेन्जिमाले बराबरी गोल फर्काए । तर, ५५ औं मिनेटमा एपेल पीयर्सले गोल गर्दै लेगनेसलाई २–१ को जित दिलाए ।

यो हारसँगै अवे गोलका आधारमा १९ पटकको च्याम्पियन रियल मड्रिड क्वार्टरफाइनलबाटै बाहिरिएको छ । रियल ला लिगामा पनि चौथो स्थानमा छ भने च्याम्पियन्स लिगको नकआउट चरणमा पीएसजी प्रतिद्वन्द्वी पाएको छ ।