राष्ट्रियसभा निर्वाचनमा ४३ सिटमा संयुक्त उम्मेद्वारी

४ माघ २०७४, बिहीबार ०८:४८

 

माघ ४, काठमडौं ।

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा ४३ सिटमा संयुक्त उम्मेद्वारी दिने भएका छन् ।

सिंहदरवार स्थित एमाले संसदीय दलको कार्यालयमा हिजो बसेको संयुक्त कार्यदलको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि एमालेले २९ र माओवादी केन्द्रले १४ सिटमा उम्मेद्वारी दिने टुङ्गो लगाएका हुन् ।

राष्ट्रियसभामा कुल ५६ सिट मध्ये ४३ सिट टुङ्गो लगाएपनि कार्यदलले १३ वटा सिटमा भने अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । सिट बाडफाँट निर्वाचनको परिणाम, पार्टी एकता प्रक्रिया, पदको आवश्यकता र औचित्य तथा सन्तुलनका आधारमा तय गरिएको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता सुवासचन्द्र नेम्वाङले ४३ सिटको टुङ्गो लगाएपनि यसको अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टी एकता संयोजन समितिलाई दिएको जानकारी दिए ।

(स्रोत–इकान्तिपुर)