राम्रो शंख बजाउनेलाई पुरस्कार

१७ माघ २०७४, बुधबार ०९:३८

माघ १७ , काडमाडौं ।

रुपन्देहीमा शंख बजाउने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता लुम्बिनी ज्योतिष तथा वास्तु सेवा केन्द्र र लुम्बिनी पूजा सामग्री भण्डारले आयोजना गरेका हुन् ।

‘संस्कार र संस्कृति बचाऔं, रोग र वास्तु दोष हटाऔं’ भन्ने नाराका साथ बुटवलको सिद्धेश्वरमा भएको प्रतियोगितामा रुपन्देही, लमजुङ, चितवन, नवलपरासी, कपिलवस्तुका गरी ४७ जना सहभागी भएका थिए । त्यसमध्ये ३ जना महिला थिए


शंख लोप हुने अवस्थामा पुगेकाले युवापुस्ताको ध्यानतान्न प्रतियोगिता सञ्चालन गरिएको धार्मिक अगुवा तथा ज्योतिष जनार्दन न्यौपानेले बताए ।

प्रतियोगितामा चितवनका गणेशप्रसाद भट्टराई प्रथम, नवलपरासीका कृष्णप्रसाद अर्याल द्वितीय, बुटवलका बलराम लम्साल तृतीय भए भने रुपन्देही तिलोत्तमाका कृष्णप्रसाद न्यौपाने र बुटवलका दीपेन्द्र गौतमले सान्त्वना पुरस्कार पाए ।

उनीहरुले क्रमशः नगद ५ हजार १ सय, २ हजार १ सय, १ हजार १ सय र ५ सयसहित एक–एक वटा शंख पुरस्कार पाएका छन् ।