यसकारण मलाई मन्त्रीवाट हटाइयोः नेता गिरी

१७ पुष २०७४, सोमबार ०४:१३

 

पुस १७, काठमाडौं ।  राप्रपाले सहरी विकास मन्त्रीबाट दिलनाथ गिरीलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठायो । तर, आफूलाई हटाउने थाहा पाएपछि गिरीले राजीनामा दिइसकेका थिए । कुनै समय राप्रपामा कमल थापाभन्दा वरिष्ठ नेता रहेका गिरीले आफूलाई हटाउने कारणहरु यसरी खुलाए–

 राप्रपा पार्टी हुनुभन्दा अगाडि नै विद्यार्थीमण्डलमा उहाँभन्दा म सिनियर हो । विद्यार्थीमण्डलको नेतृत्व गर्ने अवसर पाउँदा पनि मैले महासचिवमा बसेर उहाँलाई अध्यक्ष बनाएको हो ।

. पञ्चायतपछि कमलजी र म राजनीतिक यात्रामा सँगै छौं । आजका दिनसम्म मैले कमलजीलाई अन्धभत्त भएर सहयोग गरेँ । उहाँलाई समाजले राम्रो मान्दा होस् या नराम्रो मान्दा, मैले कहिल्यै साथ छाडिनँ ।

३. बीचमा म राजनीतिकभन्दा सामाजिक काममा सक्रिय रहेँ । तर कमलजीको राजनीतिलाई सफल बनाउन वैचारिकसहित सबैखालका सहयोग गरेँ । राजसंस्था र हिन्दूधर्मको मामलामा वैचारिक अडान लिइरहेँ ।

. प्रचण्ड सरकारमा सहभागिता हुने विषयमा मेरो फरक मत रह्यो । । केपी ओली सरकारमा बनाएको उचाई गिर्छ नजाऊँ भन्दा मान्नुभएन । मलाई पर्यटनमन्त्री बनाएर थुम्थुम्याउने प्रयास भयो । ओली सरकारमा बस्दा जुन उचाई प्राप्त भएको थियो, प्रचण्ड सरकारमा जाँदा राप्रपाको नारा मागिखानेमात्रै रहेछ भन्ने जनतालाई पऱ्यो ।

. देउवा सरकारमा जाने बेला प्रर्याप्त सल्लाह भएन । अर्कोतिर वाम गठबन्धनसँग मैले सहकार्यलाई नजिकसम्म पुऱ्याएको थिएँ । सरकारमै जाने भएपछि बाध्यतावश कांग्रेससँग जानुपऱ्यो । वामसँग गएको भए कमलजीसहित हाम्रो ५ सिट सुनिश्चित थियो ।

. सहरी विकास मन्त्रीकोरुपमा शपथ लिएपछि मैले राम्रो काम गर्छु भन्नतिर लागेँ । तर कमलजी कमाउ धन्दातिर लाग्नुभयो । सचिव दीपेन्द्रनाथ शर्मालाई अरुतिरै बोलाउने कुन्तीकुमारी शाही र राप्रपा कोषाध्यक्ष उद्धव पौडेलले डिलिङ गर्ने । सचिवले मन्त्रीले भनेकै नटेर्ने अवस्था आयो ।

. सहरी विकास मन्त्रालयको सचिव परिवर्तन गर्ने प्रस्ताव मैले गरेको थिइनँ । अरु मन्त्रीहरुले पनि आफ्ना सचिवका गुनासा गर्नुभयो, कतिपयले चेन्ज गर्नुपऱ्यो भन्नुभयो, मैले पनि सचिव चेन्ज गर्ने भए सहरी विकास मन्त्रालयका सचिवको पनि दुई वर्ष पूरा भएको छ, अर्को सचिव ल्याउने भए सहरी विकासमै पीएचडी गरेका रमेशप्रसाद सिंहलाई ल्याउँदा हुन्छमात्रै भनेँ ।

. मन्त्रिपरिषदमा आफ्नो कुरा राखेलगत्तै कमलजीले ‘दादागिरी शैलिमा नांगो नाच’ देखाउनुभयो । मन्त्रीको बोल्न पाउने अधिकारमासमेत बन्देज लगाउनुभयो ।

. मैले राजीनामा दिइसकेँ । तर, प्रधानमन्त्रीले स्वीकृत गर्दिन भन्नुभएको छ । तर, सम्भवत: म राप्रपामा नरहन पनि सक्छु । रहे पनि देशव्यापीरुपमा कार्यकर्तालाई ममाथि भएको अन्यायको जानकारी गराउनेछु ।