मोडल विनोद र गीता “जन्म ठाउँ तिर” पञ्चेबाजामा विवाह (भिडियो सहित )

२६ पुष २०७४, बुधबार ०४:४८

पुस २६, काठमाडौं । पछिल्लो समयमा लोक तथा दोहोरी गित संगीतको क्षेत्रमा मौलिकता हराउंदै गैरहेको अवस्थमा हामी कलाकारहरुले आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेर्ना आफैले गर्नु पर्छ भन्ने मूल उदेस्य बोकेर संचालनमा आइरहेको बिहानी डिजिटल प्रालिले पछिल्लो पटक पन्चेबाजा द्वारा सुसजित लोक दोहोरी गीत “जन्म ठाउँ तिर” लाइ भर्खरै बजारमा सर्बत्र उपलब्ध गराएको छ । राम गगन र दिलु फगामी को सुमधुर स्वरले सजिएको यस गीतलाई लय राम गगन र शब्द अमित बिस्वकर्माले तयार पारेका छन् ।

 

आफ्नै गाउँ वस्ती र कुना कन्दराको झझल्को दिने गरेर यस गीतको म्युजिक भिडियो पनि तयार पारिसकिएको छ । भिडियोमा बिनोद श्रेष्ठ र गीता राइको मौलिक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसे, त्यसैगरी सम्पादन सुजन शाहीले गरेका छन् ।