कार र मोटरसाइकलको ठक्करबाट दुई महिलाको मृत्यु

३० पुष २०७४, आईतवार १०:५७

पुस ३० बुटवल ।

सिदार्थ राजमार्ग अन्र्तगत रुपन्देहीको तिलोत्तमानगरपालिका मणिग्राममा आज दिउँसो कारले ठक्कर दिदा एक महिलाको ज्यान गएको छ ।

भने अर्की महिला घाईते भएकी छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मणिग्रामस्थीत क्रिमसन अस्पताल अगाडि बाटो काट्दै गरेकी तिलोत्तमा ४ बिस्नुपुराकी ३३ बर्षिय मिरा गुरुङ्गलाई बा १५ च ७२६५ नम्बरको कारले ठक्कर दिदाँ घटनास्थल मै ज्यान गएको हो । सो दुर्घटनामा सोहि स्थानकी २३ बर्षेकी यमकली खत्री पनि घाईते भएकी छन् । घाइतेको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । कार र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

जुम्लामा मोटरसाइकलको ठक्करबाट घाईते महिलाको मृत्यु

जुम्लामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ९ की ४० बर्षिय नरकली गिरीलाई बिहिबार क १ प ४९ नम्बरको मोटरसाइकले ठक्कर दिएको थियो । दुर्घटना पछि चन्दननाथ नगरपालिकाको वडा नम्बर ६ का १९ वर्षिय मोटरसाइकल चालक टेकेन्द्र रोकाया र मोटरसाईकललाई प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । विरामीको उपचारका क्रममा सुधार नभएपछि थप उपचारको लागी नेपालगंज रिफर गरिएको भएपनि जहाँज ढिलो भएका कारण विरामीको मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।