मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट पारित

२८ पुष २०७४, शुक्रबार ०६:४२

पुस २८, काँकडभिट्टा । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ ।  नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गरेका थिए ।

बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख २७ हजार ३१६, बाह्य स्रोतबाट रु ९३ करोड ६८ लाख ६० हजार ७४० र अन्य स्रोतबाट रु दुई करोड सात लाख ११ हजार ९४४ विनियोजन गरिएको छ । यसैगरी, खर्चतर्फ प्रशासनिक ९उपभोग० शीर्षकमा रु १२ करोड ९८ हजार २६९ र पूँजीगत शीर्षकमा रु ८८ करोड ३१ लाख एक हजार ७३१ विनियोजन गरिएको छ । खर्चमा हरेक वडालाई रु एक करोड १५ लाखका दरले छुट्टै बजेट दिइने र तीन करोड ५० लाखको ट्र्याक्टर, टिपर, एक्साभेटर र ग्रेडर खरिद गरिने बजेटमा उल्लेख छ । रासस