महँगो फेसबुक स्टाटसले जुकरबर्गलाई घाटा

३० पुष २०७४, आईतवार ०८:३४

पुुस ३०, काठमाडौं ।

बिहीबार पोष्ट गरेको फेसबुक स्टाटस फेसबुकका सिइओ मार्क जुकरवर्गका लागि महँगो साबित भएको छ ।

उनले व्यवसाय, ब्रान्ड र मिडिया पोष्टोलाई कम महत्व दिँदै न्युज फिडमा परिवर्तन गर्ने घोषणा गरेका थिए । यस्तो घोषणा गरेको २४ घण्टामै जुकरवर्गले ३ दशमलब ३ बिलियन डलर गुमाउनुपरेको ब्लुमबर्ग न्युजले जनाएको छ । वाल स्ट्रिटमा शुक्रबार मात्रै फेसबुकको सेयर मूल्य ४ दशमलब ५ प्रतिशतले गिरावट आएको छ ।

यस्तो नतिजासँगै अब उनी विश्वको तेस्रो धनी व्यक्तिबाट चौथो स्थानमा उक्लिएका छन् । ७७ दशमलब ८ बिलियन डलरका मालिकका रुपमा दिनको सुरुवात गरेका उनले सेयर बजारमा आएको गिरावटका कारण ७४ बिलियन सँगै दिनको अन्त्य गरे उनलाइै उछिन्दै चौथो स्थानमा रहेका स्पेनिस अमानसियो ओर्टेगा तेस्रो स्थानमा झरेका छन् । जुकरवजर्गकै पोस्टका कारण फेसबुकको सेयरमा गिरावट आएको आकलन गरिएको छ ।