प्रदेशसभा सदस्यहरुको सपथ दीपक मनाङे आएनन्, रामबहादुर छुटे

७ माघ २०७४, आईतवार ०९:१५

माघ ७, काठमडौं ।

प्रदेश ४ का प्रदेशसभा सदस्यहरुले आइतबार सपथ लिएका छन् । तर, रामबहादुर गुरुङ सपथ लिनबाट छुटेका छन् भने दीपक मनाङे अनुपस्थित भए ।

उनीहरुको सपथ ग्रहण समारोह पोखरा नगर प्रशिक्षण केन्द्रमा भएको थियो । प्रदेश ४ मा प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६० जना प्रदेशसभा छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ गराए । श्रेष्ठले प्रदेशसभाका बाँकी ५७ जना सांसदलाई सपथ खुवाएका छन् ।

‘दीपक मनाङे’ अर्थात राजीव गुरुङ् मनाङको प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र रुपमा विजयी भएका थिए । तर, ज्यान मुद्धामा दोषी ठहर गर्ने पुनरावेलनको फैसलालाई सर्वोच्चले सदर गरेपछि मनाङ्े सपथ कार्यक्रममा अनुपस्थित थिए ।

तनहुँ क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य रामबहादुर गुरुङ सपथ लिनबाट छुटे रामबहादुर विदेशबाट फर्केर काठमाडौंबाट पोखरा आउने जहाज डिले भएका कारण सपथ कार्यक्रम सकिएपछि मात्रै प्रदेशसभास्थल पुगेका थिए ।

 

के छ त संैवधानिक व्यवस्था ?

प्रदेशको अन्तिम निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र पहिलो बैठक बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।