पोखरेल एमाले संसदीय दलको नेता चुनिए

७ माघ २०७४, आईतवार १०:१५

७ माघ, काठमाडौं ।

नेकपा एमाले प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेल चुनिएका छन् ।

aayokhabar.com
यो प्रदेशमा वाम गठबन्धनको बहुमत छ र पोखरेल भावी मुख्यमन्त्री हुन् । उनलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादी सहमत भइसकेका छन् ।

प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले आइतबार बुटवलमा सपथ लिएका छन् । सपथ लगतै एमाले प्रदेशसभा संसदीय दलको बैठक बसेको थियो, जसले स्थायी कमिटी सदस्य पोखरेललाई नेता चयन गरेको छ ।